Section 20
विभागीय कारबाहीको लागि लेखी पठाउने
(१) यस ऐन बमोजिमको परीक्षा सञ्चालनमा संलग्न कर्मचारीले परीक्षा केन्द्रमा कुनै अनियमित काम कारबाही गरेमा आयोगले त्यस्तो कर्मचारीलाई तत्काल कामबाट हटाई विभागीय कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।
(२) आयोगले सञ्चालन गरेको परीक्षामा संलग्न कर्मचारी बाहेक अन्य व्यक्तिले परीक्षा केन्द्रमा कुनै अनियमित काम कारबाही गरेमा त्यस्तो व्यक्तिलाई तत्काल कामबाट हटाउनु पर्नेछ ।
(३) आयोगले उपदफा (२) बमोजिम हटाईएको व्यक्तिको अभिलेख राखी भविष्यमा त्यस्तो व्यक्तिलाई आयोगबाट सञ्चालन हुने परीक्षाको काममा संलग्न हुन नपाउने गरी रोक लगाउन सक्नेछ ।
(४) उपदफा (१) बमोजिम आयोगले विभागीय कारबाहीको लागि लेखी पठाएमा अख्तियारवालाले सम्बन्धित कर्मचारीलाई प्रचलित कानून बमोजिम विभागीय कारबाही गरी सोको जानकारी आयोगलाई दिनु पर्नेछ ।